शिक्षामा प्रविधिको पहुँच: गिँचौर एकेडेमीलाई वेबसाइट हस्तान्तरण
बुटवल । डिजिटलाइजेसनको क्षेत्रमा सक्रिय Cornor Tech ले गिँचौर एकेडेमीलाई विद्यालयको वेबसाइट हस्तान्तरण गर्दै शिक्षालाई प्रविधिमेत्री बनाउने महत्वपूर्ण पहल गरेको छ। साथै, उक्त कार्यक्रममा Cornor Academy ले Academy Partner को रूपमा सहकार्य गर्दै कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।
कलिका आईसीटी क्लब, इन्टर्याक्ट क्लब अफ बुटवल, इन्टर्याक्ट क्लब अफ सेन्ट्रल बुटवल, इन्टर्याक्ट क्लब अफ वाल्मिकी तथा लियो क्लब अफ अल्फा कलिकाको संयुक्त आयोजनामा तीन दिने ‘डिजिटल क्षितिज’ डिजिटल शिक्षा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
डिजिटल साक्षरता र सीप विकास कार्यक्रम
शिविर असोज २९, ३० र ३१ गते स्याङ्जाको गिँचौर एकेडेमी र पाल्पाको सनराइज एकेडेमीमा सम्पन्न गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई डिजिटल साक्षरता, इन्टरनेटको सुरक्षित प्रयोग, कम्प्युटरका आधारभूत सीप, तथा आधुनिक प्रविधिको प्रभावकारी प्रयोग सम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
कलिका आईसीटी क्लबका अध्यक्ष सिद्धान्त पन्थीका अनुसार, यो कार्यक्रम क्लबको वार्षिक अध्यक्षीय कार्ययोजना (Presidential Plan Action) अन्तर्गतको पहिलो चरण हो। उनले आगामी दिनमा फरक–फरक स्थानहरूमा गएर नयाँ–नयाँ विद्यार्थीहरूलाई प्रविधिको ज्ञान बाँड्ने योजना रहेको बताएका छन्।

