प्रविधि र करिअरको नयाँ मार्ग: स्किलफुल स्याटरडे सम्पन्न
बुटवल — Cornor Tech द्वारा आयोजना गरिएको ‘Skillful Saturday: Mapping Your Future’ कार्यक्रम आशार १, २०८१ (शनिबार) बिहान १०:०० बजेदेखि दिउँसो २:०० बजेसम्म सफलतापूर्वक सम्पन्न भएको छ। देशभरबाट १०० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागितासँगै यो कार्यक्रम नेपालकै ठूलो IT वेबिनार (Nepal’s Biggest IT Webinar) को रूपमा स्थापित भएको आयोजकले जनाएको छ।
कार्यक्रमको सुरुवात सहभागीहरूको registration तथा orientation सत्रबाट गरिएको थियो, जहाँ कार्यक्रमको उद्देश्य, संरचना तथा सिकाइ प्रक्रिया बारे जानकारी दिइएको थियो। त्यसपछि विभिन्न सेसनहरूमा विभाजन गरी Graphic Designing, Video Editing, Blockchain, AI Development, DevOps, Software Engineering, Cyber Security & Bug Bounty, Networking (CCNA/MCSA) तथा Motion Graphics जस्ता आधुनिक IT विषयहरूमा अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण प्रदान गरेका थिए।
अन्तरक्रियात्मक र प्रयोगात्मक सिकाइ
प्रत्येक विषयमा केवल सैद्धान्तिक ज्ञान मात्र नभई practical demonstration समेत समावेश गरिएको थियो, जसले सहभागीहरूलाई वास्तविक कार्यअनुभव जस्तै सिकाइ प्रदान गरेको थियो। साथै, interactive Q&A session मार्फत विद्यार्थीहरूले आफ्ना जिज्ञासा राख्ने र प्रत्यक्ष समाधान पाउने अवसर पाएका थिए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई IT क्षेत्रमा करियर बनाउने मार्ग, आवश्यक सीपहरू र भविष्यका अवसरहरूबारे मार्गदर्शन प्रदान गरिएको थियो। Cornor Tech का अनुसार, यस्तो कार्यक्रमले युवाहरूलाई प्रविधि क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने र व्यवहारिक सीप विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
साथै, आगामी दिनहरूमा देशका विभिन्न स्थानमा यस्ता skill-based कार्यक्रमहरू विस्तार गर्दै अझ धेरै विद्यार्थीहरूलाई लाभान्वित गर्ने योजना रहेको जनाइएको छ।

